अनलाईन मागदावी खोलिने सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकारले विभिन्न समयमा घोषणा गरेका निम्न बमोजिमका समस्याग्रस्त सहकारी संस्थाका सदस्य बचतकर्ताहरुमध्ये यस भन्दा अघि विभिन्न कारणले अनलाईन मागदावी गर्न छुट हुनुभएका सदस्य बचतकर्ताहरुको बचत रकम दावी गर्न सम्भवत् २०८३ साल भदौ महिनाको १५ गते देखि मंसिर १४ गतेसम्म (तीन महिना) अन्तिम पटकको लागि अनलाईन मागदावी प्रणाली खुला गरिने व्यहोरा सरोकारवाला सबैमा अनुरोध छ।
अनलाईन मागदावी यस समितिको वेबसाइट claim.coopmc.gov.np मार्फत तपसिलमा उल्लिखित तरिकाबाट गर्न सकिनेछ।
क. अनलाईन मागदावी खुला हुने समस्याग्रस्त सहकारी संस्थाहरु:
- कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
- कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
- कोहिनुर हिल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,
- चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,
- स्टाण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड,
- स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,
- प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ लिमिटेड,
- प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
- भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
- सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड,
- लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,
- ओरेण्टल को-अपरेटिभ लिमिटेड,
- पशुपति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,
- तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड,
- शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,
- हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड,
- कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,
- कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड,
- श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,
- गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,
- गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड,
- श्री आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,
- तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,
- हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,
- नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, र
- घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड।
ख. अनलाईन मागदावी गर्दा ध्यान दिनुपर्ने कुराहरु:
- यस अघि अनलाईन मागदावी गरिसकेको बचतकर्ताले दोहो¥याएर मागदावी गर्न मिल्ने छैन। दोहोरो मागदावी आवेदन स्वतः रद्द हुनेछ।
- एक व्यक्तिको एउटा मात्र आवेदन दिन सकिने भएकोले आफूले गरेको सबै प्रकारका सबै बचतको विवरण एउटै आवेदनमा पेश गर्नुपर्नेछ। एकै परिवारका फरक-फरक सदस्यको मागदावी छुट्टा-छुट्टै भर्नुपर्नेछ।
- अनलाईन आवेदन दिनको लागि मागदावीकर्ताले आफूले कारोबार (खाता रहेको) सहकारी र शाखा छनौट गर्नुपर्नेछ।
- सम्पूर्ण विवरण पछि सम्म फरक नपर्ने गरी सही र यथार्थ विवरण भर्नुपर्नेछ।
- मोबाइल नम्बरको आधारमा पठाएको निवेदनको स्थिति जाँच गर्न सकिने भएकोले सम्बन्धित व्यक्तिकै मोबाइल नम्बर अनिवार्य राख्नुपर्नेछ। अन्य व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी प्राप्त मागदावी रद्द हुन सक्नेछ।
- नाबालक बचतकर्ताको मागदावी निजको वा आमाको संरक्षक भई गर्न सकिनेछ। यस्तो अवस्थामा बुवा वा आमाको मोबाइल नम्बर प्रयोग गर्न सकिनेछ। तर उक्त मोबाइल नम्बर अन्य कुनै मागदावी आवेदनमा प्रयोग गरिएको हुनुहुँदैन।
- मागदावीकर्ताको बैंक खाताको विवरण (सहकारीको खाता होइन) पछि आफ्नो बचत फिर्ता लिने प्रयोजनको लागि भएकोले एकिन साथ भर्नु पर्नेछ। बैंक खाता विवरण नमिलेमा आवेदन दिन पाइने छैन।
- व्यक्तिगत विवरण भर्ने पृष्ठमा सम्पूर्ण विवरण भरिसकेपछि मात्र दोस्रो पृष्ठको "मागदावी विवरण भर्ने" मा जानुपर्नेछ।
- समूह छनौट गर्दा आफू सङ्ग सम्बन्धित समूह मात्र छनौट गर्नुपर्नेछ। असम्बन्धित समूह छनौट गर्दा थप कागजात/प्रमाण आवश्यक हुने भएकोले निवेदन प्रक्रिया अगाडि बढ्दैन। जस्तैः बचत मागदावीकर्ताले बचतकर्ता मात्र, शेयर मागदावीकर्ताले शेयर सदस्य मात्र र दुवै समूहमा पर्नेले दुवै समूह छनौट गर्नुपर्नेछ।
- बचत रकमको अन्तिम बचत मौज्दात रकम भनेको बचत पासबुकमा लेखिएको वा सम्बन्धित सहकारीबाट प्राप्त प्रमाणको अन्तिम सञ्चित रकम हो र यसै सञ्चित रकमसँग सम्बन्धित मिति मौज्दातको मिति हो।
- मागदावीकर्ता एउटै व्यक्तिको एउटै प्रकारको एकभन्दा बढी खाता भएमा Add (+) क्लिक गरी थप खाता भर्न सकिन्छ। तर Add (+) गरिसकेपछि विवरण खाली राखी अगाडि बढ्न सकिँदैन।
- ब्याजदर उल्लेख गर्दा पासबुक/मुद्दती बचत प्रमाणपत्रमा भएको ब्याजदर भर्नुपर्नेछ।
- संलग्न गर्नुपर्ने कागजात एकभन्दा बढी भएमा PDF मा मर्ज गरी एउटै फाइलको रूपमा संलग्न गर्नुपर्नेछ।
- मागदावी पुष्टि हुने कागजात अपलोड गर्दा 1 MB भन्दा सानो साइजको JPG, JPEG, PNG वा PDF फर्म्याटमा कागजात मात्र अपलोड गर्नुपर्नेछ। एकभन्दा बढी कागजात भएमा सबै कागजात मर्ज गरी PDF फर्म्याटको एउटै फाइलमा अपलोड गर्नुपर्नेछ।
- बचत रकम जम्मा गरेको निस्सा (पासबुक) अपलोड गर्दा बचतकर्ताको नाम थर विवरण खुल्ने पहिलो पृष्ठ र मौज्दात विवरण देखिने पछिल्लो पृष्ठको स्क्यानकपी अपलोड गर्नुपर्नेछ।
- मागदावीकर्ताले आफ्नो हस्ताक्षर वा औँठाछाप सेतो सादा कागजमा गरी स्क्यान/तस्बिर अपलोड गर्नुपर्नेछ।
- संयुक्त नाममा खाता खोलेका बचतकर्ताहरुले नाम उल्लेख गर्ने ठाउँमा खातामा उल्लेख भएबमोजिमका नामहरु लेख्नुपर्नेछ। अन्य विवरण पहिलो नामवालाको भर्नुपर्नेछ।
- सम्पूर्ण विवरण भरी Submit गर्नु अघि सम्पूर्ण सूचनाको एकीकृत फारम हेरी मात्र Submit गर्नुपर्नेछ।
- बचतकर्ताको मृत्यु भइसकेको मागदावीको लागि सम्पूर्ण विवरण बचतकर्ताकै भरी बैंक खाताको विवरणमा हकवाला राख्नुपर्नेछ। अन्य मागदावी पुष्टि हुने कागजात अपलोड गर्ने ठाउँमा हकवाला/नाता प्रमाणित खुल्ने कागजात र हकवालाको हस्ताक्षर अपलोड गर्नुपर्नेछ।
मागदावी पेश गर्ने अन्तिम मिति:
२०८३ साल मंसिर १४ गते
(अनलाईन मागदावी तीन महिनाको लागि मात्र खुला रहनेछ।)
२०८३ साल मंसिर १४ गते
(अनलाईन मागदावी तीन महिनाको लागि मात्र खुला रहनेछ।)